Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई आईजीपी खापुङको निर्देशन
आइतवार, असोज २६, २०८२
बिर्तामोड, २६ असोज : प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङगले बिर्तामोडस्थित इलाका प्रहरी र ट्राफिक प्रहरीको कार्यालय अवलोकन गर्नु भएको छ । उहाँले आज विहान दुवै कार्यालयको अवलोकन गर्नु भएको हो ।
भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका र ट्राफिक कार्यालय आगजनी भएको थियो । समुदायस्तरबाट निर्मित कार्यालयहरुको अवलोकन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले यहाँका सचेत नागरिकको योगदानप्रति धन्यवाद दिनुभयो ।
प्रहरी महानिरीक्षक खापुङ्गले कार्यालय निर्माणमा सहयोग गरेको समाजले प्रहरीको आवश्यकता महसुस गरेरै काम गरेको बताउनुभयो । उहाँले प्रहरीसँग समाजको ठुलो अपेक्षा रहेकोले
समाजप्रतिको दायित्व पुरा गर्नुपर्ने बताउनु भयो ।
अवलोकनका क्रममा खापुङ्गले मातहतका प्रहरीलाई उच्च मनोवल बनाएर काम गर्न निर्देशन दिनुभयो । प्रहरीमाथि भएको आक्रमण अपराधीहरुले गरेको भन्दै उहाँले अपराध कर्ममा लाग्नेहरु ढिलोछिटो कानुनी दायरामा आउने स्पष्ट पार्नुभयो ।
सो क्रममा कार्यालय निर्माणमा अगुवाई गर्ने युवा व्यवसायी पदम श्रेष्ठले समुदायस्तरबाट भएको काम कारबाहीको बारेमा जानकारी गराउनु भएको थियो । खापुङले बिर्तामोडको अवलोकनपछि इप्रका दमकको पनि अवलोकन गर्नु भएको छ ।
अनुगमनमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानीरिक्षक इश्वर कार्की लगायत प्रहरी अधिकृतहरुपनि सहभागि हुनुहुन्थ्यो ।