शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा व्यवसायीक तरकारी उत्पादन सम्बन्धी तालिम सुरु

शुक्रवार, असार १, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकामा व्यवसायीक तरकारी उत्पादन सम्बन्धी २ दिने तालिम आज देखि सुरु भएको छ ।
वडा नम्बर ७ स्थित गरामनीको नारी विकास हलमा सुरु भएको तालिमको वडाअध्यक्ष कृष्णप्रसाद खरेल अविरलले उद्घाटन गर्नु भयो । कृषि विकास शाखाको आयोजनामा मेयर विषादीमुक्त नगर कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरीएको हो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडाअध्यक्ष खरेलले कृषकहरुलाई थप व्यवसायिक बन्न तालिमको आवश्यकता रहेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो । तालिममा सिकाइने कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गर्दैै उहाँले कृषकले उत्पादन बढाउनु पर्नेमा जोड दिनु भयो ।

तालिमलाई कृषिशाखा प्रमुख राजेन्द्र कडरिया लगायतले प्रशिक्षण दिनु हुने छ । शनिबारसम्म सञ्चालन हुने तालिममा ४० जना भन्दा बढी कृषकले सहभागिता जनाएका छन् । तालिम समापनसंगै उनीहरुलाई व्यवसायीक अर्गानिक तरकारी उत्पादनमा सहयोग पुग्ने सामाग्रीसमेत प्रदान गरिने जनाइएको छ ।

 

 



सम्बन्धित खबर