काठमाडौँ, २८ असोज: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरूमाथि गत भदौ २४ गते घृणित दुर्व्यवहार भएकोबताउनुभएको छ।
केन्द्रीय समितिको बैठकमा लिखित सम्बोधन गर्दै उहाॉले यस्तो बताउनुभएको हो । उरॉले निकै लामो समयपछि सुरक्षाकर्मीलेआफूहरूलाई उद्धार गरेको उल्लेख गर्दै त्यसपछि पनि प्रतिष्ठामा आँच पुर्याउन दुर्व्यवहार गरिएको बताउनुभयो ।
उहॉले जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न माग पनि गर्नुभएको छ। पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीयसमितिको बैठकलाई सम्बोधन गर्दै उहॉले भदौ २३ र २४ गतेका घटनाको छानबिनको माग गर्नुभएको हो ।
बैठकमा देउवाले लिखित सम्बोधन गर्दै दुवै दिन भएका घटनाको छानबिनको माग गर्नुभएको छ। जेनजी आन्दोलनकारीको आक्रमणबाटघाइते भएका देउवा आज पहिलो पटक सार्वजनिक हुनुभएको हो।



