बुधवार, असार ३, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

एसइईमा ४ जीपीए ल्याउने वाल्मीकि एजुकेशन फाउण्डेशनलाई सम्मान

मङ्गलवार, असोज २८, २०८२

झापा, २८ भदौ : माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा उत्कृष्ट सफलता हासिल गर्दै ४ जीपीए ल्याउने वाल्मीकि एजुकेशन फाउण्डेशन, बिर्तामोड सम्मानित भएको छ।

शिक्षा विकास तथा समन्वय इकाई, झापाले आयोजना गरेको एक विशेष कार्यक्रममा बिर्तामोड–१ स्थित वाल्मीकि एजुकेशन फाउण्डेशनलाई कदरपत्र, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो।

उक्त फाउण्डेशनमा अध्ययनरत ह्रदय शिवाकोटी र अंकित कटुवालले यस वर्षको एसइई परीक्षामा उच्चतम ४ जीपीए हासिल गर्नुभएको थियो। विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनले विद्यालयको समग्र शैक्षिक गुणस्तर र समर्पित शिक्षण प्रणालीलाई झल्काएको भन्दै इकाईले विद्यालयलाई सम्मान गरेको हो।

समारोहमा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल र शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख कुमार बस्नेतले संयुक्त रूपमा कदरपत्र हस्तान्तरण गर्नुभयो। वाल्मीकि एजुकेशन फाउण्डेशनका शिक्षक कृष्णप्रसाद अधिकारीले विद्यालयको तर्फबाट उक्त सम्मान ग्रहण गर्नुभयो।

यस अवसरमा झापाका अन्य १८ विद्यालयहरू पनि सम्मानित भएका थिए। ती विद्यालयका ३३ जना विद्यार्थीहरूले ४ जीपीए प्राप्त गर्न सफल भएका थिए। प्राप्त विवरण अनुसार, झापाका १५ पालिकामध्ये ७ पालिकाका विद्यालयहरूले उच्चतम नतिजा ल्याएका छन् — जसमा बिर्तामोडका ११, गौरादहका ८, दमकका ६, भद्रपुरका ३, मेचीनगरका २, गौरीगञ्जका २ र अर्जुनधाराका १ विद्यार्थीले ४ जीपीए ल्याएका छन्।

२०८१ सालमा झापाका ३९२ विद्यालयका १५ हजार १५७ जना विद्यार्थीले एसइईमा सहभागिता जनाएका थिए। तीमध्ये ६५.७४ प्रतिशत विद्यार्थी ग्रेडेड हुँदै कक्षा ११ मा अध्ययन योग्य देखिएका छन्।

कार्यक्रममा सम्मानित विद्यालयहरूको तर्फबाट माउन्ट एभरेष्ट अंग्रेजी माविका संस्थापक नारायण घिमिरे र हिमालय मावि दमकका प्रअ द्रोण श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो। उहाँहरूले यस किसिमका प्रेरणादायी कार्यक्रमहरूले विद्यालय र विद्यार्थीहरूमा उत्कृष्टता हासिल गर्न थप ऊर्जा प्रदान गर्ने धारणा व्यक्त गर्नुभयो।

समारोहमा मेचीनगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव होमनाथ भण्डारी, प्रमुख अतिथि बराल, र इकाई प्रमुख बस्नेतलगायत वक्ताहरूले उत्कृष्ट नतिजा हासिल गर्न शिक्षकको महत्वपूर्ण योगदान रहने उल्लेख गर्दै विद्यालय, शिक्षक र अभिभावकबीचको सुदृढ समन्वयले शैक्षिक स्तर अझ उचो बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम इकाई प्रमुख कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत प्राविधिक सहायक कृष्टिना न्यौपानेले र सञ्चालन शाखा अधिकृत एवम् सूचना अधिकारी किरण अधिकारीले गर्नुभएको थियो।

सम्बन्धित खबर