काठमाडौं, २९ असोजः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर नभएको र अझै सरकारमा जान सक्ने बताउनुभएकोछ । केन्द्रीय कमिटीलाई संम्बोधन गर्दै एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्न आग्रह गर्नुभएको हो।
केन्द्रीय कमिटीमा ओलीले एमाले सरकारमा नहुँदा देशको अर्थतन्त्र कमजोर भएको दाबीसमेत गर्नुभएको छ । हालै विश्व बैंकलेप्रकाशित गरेको नेपालको आर्थिक प्रक्षेपणलाई उदाहरण दिँदै ओलीले एमाले सरकारमा नहुँदा आर्थिक वृद्धिदर घट्ने तथ्यांकआइसकेको दाबी गर्नुभएको छ।
उहॉले भन्नुभयो , ‘सरकारमा हुँदा र हट्दा के हुँदो रहेछ भन्ने अहिले विश्व बैंकले भनेको छ । ३ प्रतिशत यही वर्ष आर्थिक वृद्धिदर घट्छभन्यो ।’



