Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बाढीले झापाको ५१२ हेक्टर कृषिबालीमा क्षति
बिहिवार, असोज ३०, २०८२
भद्रपुर (झापा), ३० असोजः यही असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि आएको बाढी र डुबानका कारण यहाँको ५१२ दशमलव ६३ हेक्टर क्षेत्रफलमा लगाइएको कृषिबालीमा क्षति पुगेको छ । उक्त क्षतिका कारण यहाँका ७४९ परिवार प्रभावित भएका छन् ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार भारीवर्षा र वर्षापछिको बढी र डुबानका कारण करिब रु सात करोड ६० लाख २८ हजार २२० बराबरको कृषिबालीमा क्षति भएको पुगेको हो । बाढीले सबैभन्दा बढी झापा गाउँपालिकाको वडा नं १, २ र ३ का ३६५ दशमलव २७ हेक्टर क्षेत्रफलमा लगाइएका धान, गहुँ र सागसब्जीमा क्षति गरेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी केन्द्रले सङ्कलन गरेको विवरणअनुसार गौरीगञ्ज गाउँपालिकाको वडा नं १ र २, शिवसताक्षी नगरपालिकाको वडा नं ३, ४, ५ र ७, भद्रपुर नगरपालिकाको वडा नं ३, गौरादह नगरपालिकाको वडा नं ५ र ६ तथा कनकाई नगरपालिकाको वडा नं १, ३, ५, ६ र ८ का क्षेत्रहरूमा बाढीका कारण कृषिबालीमा क्षति पुगेको छ ।
केन्द्रका प्रमुख विष्टका अनुसार बाढीले सबैभन्दा बढी धानखेतीमा असर पारेको छ । झापाका ७०३ कृषकले ४६३ दशमलव ४२ हेक्टर क्षेत्रफलमा लगाएका धानबाली क्षति पुगेको बताउँदै उहाँले क्षति पुगेका अन्य बालीहरूमा तरकारी, आलु, केरा, जुट, मास र भुइँकटहरलगायत रहेका उल्लेख गर्नुभयो ।
यसैबीच, बाढीबाट प्रभावित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहको समन्वयमा राहत वितरण सुरु गरिएको विष्टले जानकारी दिनुभयो ।