बुधवार, साउन ६, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Her cihazda çalışan paribahis uygulaması kullanıcı dostu arayüzüyle dikkat çekiyor.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

Kumarhane oyunlarını sevenler bettilt giriş ile vakit geçiriyor.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

पोटरी स्क्वायर क्षेत्रमा माटोको भाँडामा पर्यटकको आकर्षण बढ्दै

बिहिवार, असोज ३०, २०८२

भक्तपुर, ३० असोजः पर्यटकीय नगरी भक्तपुरको प्रसिद्ध दरबार स्क्वायरपछि पोटरी स्क्वायर क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै गएको छ । पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको पोटरी स्क्वायर क्षेत्रमा माटोका भाँडामा लोभिन थालेका छन् ।
 
प्रजापति समुदायको बाक्लो बस्तीमा पुस्तौदेखि चल्दै आएको माटोका भाँडा बनाउने भक्तपुर नगरपालिका–४ तालाक्वोँस्थित पोटरी स्क्वाय पछिल्लो समय पर्यटकका लागि आकर्षक केन्द्रका रूपमा विकास हुँदै गएको छ ।
 
भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय यतिखेर तिहारका लागि आवश्यक पर्ने माटोका पाला, घैटो, धुपौरोलगायत सामान बनाउनका साथै यहाँ आउने पर्यटकलाई माटोसँग खेल्दै विभिन्न भाँडा निर्माण गर्ने विधि सकाउन व्यस्त देखिन्छन् ।
 
यहाँका अधिकांश प्रजापतिले ‘पोर्टरी ट्रेनिङ्ग सेन्टर’का सूचनापाटी राखेर पर्यटकलाई माटोका भाँडा बनाउन सिकाइरहेको दृश्य निकै आकर्षक देखिन्छन् । पुस्तौँदेखि यो पेसा गर्दै आउनुभएका स्थानीय विनोद प्रजापतिले माटोबाट बनेका विभिन्न सामान विदेशीले मन पराउने गरेका बताउनुभयो । उहाँले इच्छुक विदेशीलाई भाँडा बनाउन सिकाएर अतिरिक्त आम्दानी पनि गरिरहेको जानकारी दिनुभयो ।
 
सफा हात हिलोमा मुछ्दै फनफनी घुमिरहेको विद्युतीय चक्रमा माटोका भाँडा बनाउन सिकिरहनुभएकी अस्ट्रेलियाका हेरिना मार्कले माटोबाट सामान बनाउन सिक्दा छुट्दै आनन्दको अनुभूति भएको बताउनुभयो । 
 
करिब १० मिनेट माटोका भाडा बनाउँन खर्चिएका पर्यटकसँग रु १०० देखि रु २०० सम्म लिने गरिएको विनोदले बताउनुभयो । उहाँका अनुसार यो प्रजापतिहरूका लागि अतिरिक्त आम्दानीको स्रोत हो ।
 
परम्परागत शैलीमा माटोका भाँडा बनाउने कुमालेको पख्र्यौली पेसालाई धान्दै आउनुभएका ८१ वर्षीय ललित प्रजापतिको भाँडा बनाउने कलामा पर्यटकहरू लोभिने गरेका भन्दै निकैबेर घोरिएर हेर्ने, सिक्न रहर गर्ने गरेका अनुभव सुनाउनुभयो । 
 
“वरिपरि विद्युतीय चक्रसहितको उपकरणबाट आकर्षक भाँडा बनाएको देखेका र सिकेका पर्यटक उत्तरतर्फ कुनामा टायरबाट बनाएको परम्परागत चक्रलाई लाठीको सहायताले घुमाउँदै परम्परागत शैलीमा भाँडा बनाएर आनन्द लिइरहेका हुन्छन्”, उहाँले भन्नुभयो ।
 
जेष्ठ प्रजापति समुदायका नागरिकले लाठीले फनफनी घुमाएर परम्परागत शैलीमा माटोका भाँडा बनाएको दृश्यले आनन्दित बनाएको अमेरिकाबाट नेपाल घुम्ने क्रममा पोर्टरी स्क्वायर आउनुभएका लोनार्क मार्टले बताउनुभयो । उहाँले ती दृश्य तस्विर र भिडियोका रूपमा मोवाइलमा कैद गर्नुभएको छ ।
 
स्थानीय साजन प्रजापतिले पर्यटकको उल्लेख्य हुँदा अतिरिक्त आम्दानी हुने बताउनुभयो । तिहारका लागि विभिन्न ठाउँबाट आएका मागअनुसारका सामान बनाउने व्यस्ततासँगै पर्यटकले चाहना राखेपछि भाँडा बनाउन सिकाउने गरेको उहाँले उल्लेख गर्नुभयो । 
 
पर्यटकीय याम चलिरहेको अहिलेको अवस्थामा भक्तपुर आउने अधिकांश पर्यटक पोर्टरी स्क्वायर पुग्ने गर्छन । समूहमा पुग्ने पर्यटकले यहाँका सबै माटोका भाँडा बनाउने प्रजापतिकामा भाँडा बनाउन सिक्ने गर्छन् ।
 
साजनका अनुसार भाँडा सिकाउन छ महिना लाग्ने भए पनि पर्यटक केही बेर माटोमा खेलेर भाँडा बनाउने विधिमा रमाउने गरेका छन् । भाँडा बनाउन सिकेबापत रकम पनि दिने भएकाले हामीले पर्यटकसहित नेपालीका लागि तालिमसम्बन्धी सूचनापाटी राखेर सिकाउने गरिएको उहाँले जानकारी दिनुभयो ।
 
पाला बनाउन व्यस्त स्थानीय कृष्ण प्रजापतिले तिहारका लागि माग बढी  आएकाले पाला, धुपौरो, घैटो बनाउन भ्याइनभ्याइ भएको बताउनुभयो । उहाँले पर्यटकको आगमनले माटोका भाँडा बनाउने कुमाले समुदायको आम्दानी पनि बढेको उल्लेख गर्नुभयो । भाँडा बनाएको, सुकाएको, भट्टीमा भाँडा पोलेकोलगायत दृश्य पर्यटकका लागि नौलो र आकर्षक लाग्ने गरेको उहाँको भनाइ छ ।
 
आकर्षक माटोका भाँडा बनाउने भक्तपुर नगरपालिका–४ बोलाछेंँ तालाक्वो अर्थात् पोर्टरी स्क्वायरका प्रजापति समुदायका सपरिवारलाई यतिखेर तिहारका लागि आवश्यक पाला, धुपौरो, घैटोलगायत सामाग्री बनाउन भ्याइनभ्याइ छ ।
 
“तिहार आइसक्यो माटोका पाला, भिउँट, धुपौरोको बढी माग आएको छ, तिहारमा सामान जसरी पनि दिनुपर्छ । अहिले काममा व्यस्तता निकै बढेको छ”, १९ वर्षदेखि माटोका भाँडा बनाउँदै आउनुभएका ३९ वर्षीय विनोदकुमार प्रजापतिले बताउनुभयो ।
 
पर्यटकको आगमन भएपछि माटोका भाँडा बनाउन रहर गर्ने, मोवाइलमा भिडियो, फोटो लिने मात्रै होइन विभिन्न ठाउँबाट आएका नेपाली बालबालिका र युवापुस्ता पनि भाँडा बनाउँदै सामाजिक सञ्जालमा सार्वजनिक गर्न रुचाउने गरेका उहाँको भनाइ छ ।
 
यसवर्ष तिहारका लागि पाला, धुपौरोलगायत माटोका भाँडाको मूल्य वृद्धि नभएको भन्दै प्रजापति पाला एक दर्जनको रु ४० मा बिक्री गर्दै आएको बताउँछन् । भारतबाट प्लाष्टिकका पाला, घैटोलगायत सामान भित्रिएपछि माटोबाट बनेका ती सामग्रीको माग पहिलोभन्दा घट्दै गएको विनोदकुमारले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका करिब ६५ परिवारका प्रजापति समुदायले मूल्य नबढ्दा मर्कामा परेको भन्दै चिन्ता व्यक्त गर्छन् ।
सम्बन्धित खबर