Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
विश्वकप छनोटको अन्तिम खेल खेल्दै नेपाल
शुक्रवार, असोज ३१, २०८२
काठमाडौं, ३१ असोजः टी– २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत अन्तिम खेलमा नेपालले आज सामोआसँग खेल्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजेबाट ओमानमा हुनेछ ।
नेपाल जारी प्रतियोगिताबाट दुई खेल अगावै विश्वकपमा छनोट भइसकेको छ । भने, सामोआको विश्वकप सपना अन्त्य भइसकेको छ ।
अपराजित रहेको नेपाललाई उपाधिको लागि यो खेल महत्त्वपूर्ण छ । ८ अंकसहित शीर्षस्थानमा रहेको नेपालले सामोआलाई पराजित गरेमा छनोट प्रतियोगिताको उपाधि सिधै जित्नेछ ।
त्यस्तै यो खेलअगाडि बिहान ११:४५ बजे हुने ओमान र जापानबीचको खेलमा जापान विजयी भएमा नेपालले एक खेलअगाडि नै उपाधि हात पार्नेछ । किनभने, उपाधि होडमा रहेको ओमान ६ अंकमा सीमित रहनेछ ।
यदि नेपाल सामोआसँग पराजित भयो र ओमान पनि जापानविरुद्ध विजयी भएमा पनि नेपालको उपाधि सम्भावना कायम नै रहनेछ । यस्तो अवस्थामा नेपाल र ओमानको समान ८/८ अंक हुनेछ । र, रनरेटका आधारमा विजेता टोलीको टुंगो लाग्नेछ । अहिलेसम्म रनरेटमा पनि नेपाल अगाडि नै रहेको छ ।
नेपाली टोलीले प्रतियोगिता सुरु हुनुअघि विश्वकप छनोटसँगै प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेको थियो । नेपाल लक्ष्यभन्दा एक कदम मात्रै पछाडि छ ।