Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
एमालेको केन्द्रीय कमिटी बैठक आज समापन हुँदै
शुक्रवार, असोज ३१, २०८२
काठमाडौं, ३१ असोजः बुधबारदेखि जारी नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज समापन हुँदै छ ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज बाँकी रहेका ५० जना सदस्य तथा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरूले धारणा राख्नुहुने छ। त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले सदस्यहरूले राखेका जिज्ञासाको एकमुष्ठ जवाफ दिएर बैठक समापन हुनेछ ।
‘बोल्न बाँकी नेताहरूलाई पनि तीन मिनेटकै समय उपलब्ध हुन्छ’, गौतमले भन्नुभयो, ‘बैठकको अन्त्यमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूबाट आएका जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन हुन्छ ।’
बैठकमा अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव, वर्तमान राजनीतिक परिस्थिति, घोषित चुनाव र पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताहरूको भूमिका आदिका बारेमा विशेष निर्देशन दिइने गौतमले जानकारी दिनुभयो ।
जेन–जी आन्दोलनपछि उत्पन्न विषम राजनीतिक परिस्थितीको छलफल गर्नका लागि एमालेले विशेष बैठक बोलाएको हो । बैठकले २७ देखि २९ मंसिरसम्म पोखरामा ११औँ महाधिवेशन गर्ने निर्णय गर्दै छ ।
आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
बैठक गत बुधबार ललितपुरको रामबाघ महलमा सुरु भएको थियो । बैठकको पहिलो दिन अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखिरहनुभएको छ ।