Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
विएण्डसी अस्पतालमा उत्पन्न विवाद मिल्यो
शुक्रवार, असोज ३१, २०८२
बिर्तामोड, ३१ असोज : उपचारका क्रममा लापरवाही भएको भन्दै शुक्रबार साँझ विएण्डसी अस्पतालमा उत्पन्न विवाद सहमतिमार्फत समाधान गरिएको छ।
बिरामीका आफन्त र अस्पताल प्रशासनबीच भएको वार्तापछि बिरामीको अहिलेसम्मको सम्पूर्ण उपचार खर्च तथा बाँकी उपचार निशुल्क गर्ने र बिरामीको परिवारलाई ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने सहमति भएको अस्पतालले जनाएको छ।
झापाको भद्रपुर–७ निवासी क्यान्सर पीडित दशरथ तामाङको हाल भेन्टिलेटरमा राखी उपचार भइरहेको छ। वैदेशिक रोजगारीबाट हालै स्वदेश फर्किएका तामाङ मुखमा घाउ देखिएपछि पूर्वाञ्चल क्यान्सर अस्पताल (विएण्डसी) मा जाँच गराउँदा दोस्रो चरणको क्यान्सर भएको पत्ता लागेको थियो।
अप्रेशनपछि उनको अवस्था गम्भीर बनेपछि आफन्तले उपचारमा लापरवाही भएको आरोप लगाएका थिए। त्यसपछि बिरामीका आफन्त र अस्पतालका सुरक्षा गार्डबीच झडप समेत भएको थियो।
विवादका कारण केही समय अस्पताल परिसरमा तनाव सिर्जना भए पनि राति ११ बजेदेखि अवस्था पूर्णरूपमा सामान्य भएको प्रहरीले जनाएको छ।