Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमणमा ७० बढी मारिए
शनिवार, कार्तिक १, २०८२
इस्लामाबाद,१ कार्तिक: पाकिस्तानले अफगानिस्तानसँगको सिमावर्ती क्षेत्रमा गरेको हवाई आक्रमणमा ७० भन्दा बढी आतङ्ककारीको ज्यान गएको छ । सुरक्षा स्रोतहरूका अनुसार, यो कारबाही प्रतिबन्धित आतङ्ककारी समूह तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) को एक समूहविरुद्ध गरिएको हो ।
उत्तर वजीरिस्तान र दक्षिण वजीरिस्तानका सिमावर्ती क्षेत्रमा आधारित विश्वसनीय गुप्त सूचनाका आधारमा पाकिस्तानले सटीक हवाई कारबाही सञ्चालन गरेको हो । आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिएका स्रोतहरूले बताएका छन् ।
हाल टीटीपीसँग युद्धविराम कायम भए पनि उक्त समूहले पाकिस्तानका विभिन्न स्थानहरूमा आक्रमण जारी राखेको जनाइएको छ । शुक्रबार उत्तर वजीरिस्तानमा भएको एक सवारी बम विस्फोटमा एक सुरक्षाकर्मीको ज्यान गएको थियो भने केही अन्य घाइते भएका थिए ।
सुरक्षा निकायका अनुसार पछिल्ला ४८ घण्टामा आतङ्ककारीहरू अफगानिस्तानबाट पाकिस्तानमा आक्रमण गर्न आएका थिए ।
पाकिस्तानी सुरक्षाबलले आतङ्ककारी गतिविधिहरूको कडा जवाफ दिने चेतावनी पनि दिएको छ ।