बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

सबै प्रकारका लिखतमा संवेदनशिल हुनुहोस् : नगर प्रमुख गोम्देन

बिहिवार, असार ७, २०८०

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनले न्याय सम्पादनमा नगरलाई उत्कृष्ट बनाउन आग्रह गरेका छन् । आम नागरिककै भूमिकाबाट न्याय सम्पादनमा नगरलाई उत्कृष्ट बनाउन सकिने बताए ।
आइतवार तीन दिवसीय लेखनसीप सम्बन्धी कार्यशालाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गोम्देनले स–साना त्रुटिले धेरै नागरिकहरु अन्यायमा परेको जानकारी दिए । गाउँघरमा लिखतका क्रममा भएका त्रुटिले ठुलो नोक्सानी व्यवहोर्नु परेको उनको भनाई थियो ।

अर्जुनधारा नगरपालिकाको आयोजना तथा टाइम्स मिडिया नेटवर्कको सहजीकरणमा आयोजित कार्याशालामा गोम्देनले कागज लेख्नु सामान्य विषय नभएको बताए । उनले कुनै पनि मुद्धा मामिला वा गाउँघरमा हुने लिखतमा धेरै संवेदनशील हुनुपर्ने भनाई राखेका थिए । एउटा कित्ता नम्बरमा मात्रै त्रुटि हुँदा ठुला–ठुला घटना भएको उनको तर्क थियो । अर्जुनधारा नगरपालिका क्षेत्रभित्र कुनै पनि लिखत संवेदनशील भई गर्न उनको जोड थियो । नगर प्रमुख गोम्देनले ठिक ढंगबाट लिखत भएमा कसैले दुख नपाउने र नगर पनि न्याय सम्पादनमा उत्कृष्ट हुने धारणा राखेका छन् । लेखनसीपका क्रममा सिकेको सीपलाई व्यवहारिक र प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

कार्यक्रमको विशिष्ट अतिथि नगर उपप्रमुख तथा न्यायिक समितिकी संयोजक खड्गमाया पराजुलीले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले लेखनसीप कार्यक्रम आयोजना गरेको बताइन् । उनले कुनै पनि लिखत न्याय सम्पादनका लागि महत्वपूर्ण भएको भन्दै उनले कार्यशालाको आयोजना गरिएको जानकारी दिइन् । उजुरी लेखन, लेनदेन, वैनाबट्टा, सम्झौता, करारनामा, जाहेरी, मेलमिलाप लेख्न सबै सक्षम हुनुपर्ने पराजुलीको भनाई थियो । सामान्य लिखतमा समेत समस्या बढ्दै गइरहेकोले न्याय निरुपणका लागि लेखनसीपको आवश्यकता महसुस गरेको उनको भनाई थियो । उनले आगामी दिनमा समेत यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने बताइन् । गाउँघरमा सामान्य कागज बनाउन पनि समस्या भइरहेकोले नगरका तर्फबाट लेखनसीपको आयोजना गरिएको उनको भनाई थियो ।

अर्जुनधारा – ७ स्थित पितृ मोक्ष भवनमा आयोजित लेखनसीप कार्यक्रममा नगरक्षेत्रका ४० जना बढीको सहभागिता रहेको थियो । वडा कार्यलयहरुको सिफारिसमा सहभागीहरुलाई न्यायिक समिति सम्बन्धी लेखनसीप प्रदान गरिएको हो ।
लेखनसीप कार्यशालामा न्यायिक समितिका सदस्य टुम्मनाथ काफ्लेले धारणा राखेका थिए । उनले अत्यन्तै आवश्यक विषयमा नगरले लगानी गरेको स्पष्ट पारे । तीन दिने कार्यक्रम प्रभावकारी भएको बताउँदै उनले आउँदो वर्षमा थप विशिष्ट प्रकृतिको लेखनसीपको आयोजना गर्ने भनाई रोखका छन् । कार्यशालामा सहभागीका तर्फबाट केदार प्रसाद खतिवडाले तीन दिवसीय कार्यक्रम बारे भनाई राखेका थिए । उनले कार्यक्रम महत्वपूर्ण भए पनि समय कम भएको प्रतिक्रिया दिए । आफ्नो अनुभव सुनाउदै खतिवडाले आउँदो वर्षमा आवासीय हिसावले पर्याप्त समय रोखर कार्यक्रमको आयोजना गर्न सूझाव दिए ।

टाइम्स मिडियाका अध्यक्ष नारायणप्रसाद पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख गोम्देन, उपप्रमुख पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, बोर्ड सदस्य चन्द्रा तामाङ, कानुन अधिकृत एलिना घिमिरे लगायतले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

अधिवक्ता हेमकला कट्टेल र चुडामणि पराजुलीले सहजीकरण गरेको कार्यशालामा उजुरी, प्रतिउत्तर लेखन, फिरात लेखन, संयुक्त उजुरी लेखन, जाहेरी, लेनदने, मिलापत्र, सीमा विवाद लगायतका विषयमा लेखनसीप प्रदान गरिएको न्यायिक समितिमा कार्यरत सहायक पाँचौं माया ऐरले जानकारी दिइन् । उक्त कार्यशालाको कार्यक्रम संयोजनको भूमिका टाइम्स मिडियाका सदस्य प्रदीप परियारले निर्वाह गरेका थिए ।

सम्बन्धित खबर