Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
सप्तरीमा गोली प्रहार गरी पुजारीको हत्या
आइतवार, कार्तिक २, २०८२
सप्तरी, २ कात्तिकः सप्तरीमा अज्ञात व्यक्तिले गोली गोली प्रहार गरी मन्दिरका पुजारीको हत्या गरेका छन्। शनिबार राति बोदेबर्साइन नगरपालिका- ८ रजकपट्टी कबिर बाबा मन्दिरको पुजारी ७० वर्षीय रामदुलार साहको गोली प्रहार गरी हत्या भएको हो।
आफ्नो कुटीमा एक्लै बस्ने पुजारी साहलाई राति करिब सवा २ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिनुभयो।
उनलाई ढाडमा गोली हानिएको र घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा दुई थान खोका फेला परेको छ। गोली हान्ने व्यक्ति तत्काल फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।