बिर्तामोड, २ कात्तिक : जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेललाई विदाइ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) मा सरुवा हुनुभएका पौडेललाई आज पूर्वेली ढुवानी सेवा प्रा.लि.ले एक विशेष समारोहका बीच बिदाइ गरेको हो ।
कम्पनीका अध्यक्ष निर्मलराज खत्रीको अध्यक्षतामा कार्यालयमा आयोजित कार्यक्रममा ढुवानीसहित विभिन्न संघ–संस्थातर्फबाट पनि बिदाइ गरिएको थियो। प्रा.लिका तर्फबाट प्रहरी निरीक्षक पौडेललाई पुष्पहार र खादा ओडाएर मायाको चिनोसहित बिदाई गरिएको हो ।प्रहरी निरीक्षक पौडेलले झापामा रहँदा कुशलतापूर्वक उत्कृष्टकार्य सम्पादन गरेको आयोजक संस्थाका अध्यक्ष खत्रीले बताउनुभयो।
विदाइ कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठ, अग्रज पत्रकार गणेश पोख्रेल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, सचिव प्रदिप परियार, हाम्रो ढुवानी सेवाका सञ्चालक पदम श्रेष्ठ, बीरता जेसीजका अध्यक्ष युवराज कुँवर, हिमालयन एभरेष्ट इन्स्योरेन्स बिर्तामोड शाखा प्रमुख सुशिल थापा, सुगम पेट्रोल पम्पका सञ्चालक रामबाबु गुप्ता, गरीमा मल्टिपर्पोज चारपानेका सञ्चालक श्यामश्री वास्तव, युवा व्यवसायी रमेश चौधरी, विपिन बजगाई, पर्पल किचनका सञ्चालक अजय चौधरी, पूर्वाञ्चल बेकरीका सञ्चालक प्रहलाद अधिकारी, युवा समाजसेवी सुरेन्द्र धिमाल, ढुवानी व्यवसायी रमेश यादव, राजन बुढाथोकी, पत्रकार सन्तोष न्यौपाने, टिकाराम बाँस्तोला लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेलले झापा बसाइका क्रममा सकारात्मक रूपमा आफुले जानेको र बुझेको कुरालाई पेशागत हिसाबले कार्यान्वयन गर्ने प्रयास गरेको धारणा राख्नुभयो। झापा जागीरमात्र नभई सामाजिक कार्यमा धेरै कुरा सिक्ने ठाउँको रूपमा रहेको बताउँदै उहाँले समुदायबाट प्रहरीलाई प्राप्त सहयोगको प्रशंसा गर्नुभयो। प्रहरी निरीक्षक पौडेल झापा आएको १३ महिनापछि केन्द्रीय अनुसन्धान ब्यूरोमा सरुवा भएको हो।



