झापा, ३ कात्तिक : मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुलीगरेको जनाएको छ ।
पूर्वी नाका काँकडभिट्टास्थित भन्सार कार्यालयले चालु आवको साउन, भदौ र असोज महिनामा रु चार अर्ब ३६करोड २८ लाख ५५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु चार अर्ब १५ करोड २० लाख आठ हजार असुली गर्न सफल भएकोकार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा बढी राजस्व आयातित सामानको भन्सार महसुलतर्फ रु एक अर्ब ८० करोड ५३ लाख ७९ हजार ५४९ असुलीभएको छ । आयातित सामानको मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ४९ करोड २३ लाख ६४ हजार ३९३, सडक मर्मत तथा सुधारदस्तुरतर्फ रु १३ करोड १७ लाख १२ हजार, आयातको अन्तः शुल्कतर्फ रु ११ करोड तीन लाख ५९ हजार ९३, निर्यातको भन्सारमहसुलतर्फ रु १० करोड ६२ लाख १० हजार १२४ र पूर्वाधार करतर्फ रु ३९ करोड ५३ लाख ६० हजार राजस्व असुली भएको भन्सारकोत्रैमासिक प्रगति विवरणमा जनाइएको छ ।
जेनजी आन्दोलनबाट प्रभावित मानिएको चालु आवको गत असोज महिनामासमेत भन्सारले लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ ।मासिक लक्ष्यको १०१ प्रतिशत राजस्व असुली गर्न सफलता मिलेको भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयले असोज महिनामा रु एक अर्ब ५० करोड ४९ लाख २४ हजार राजस्व असुलीको लक्ष्य लिएको थियो । तर, सो अवधिमा रुएक अर्ब ५२ करोड २४ लाख ९० हजार राजस्व असुली गरेको सूचना अधिकारी हुमागाइँको भनाइ छ ।



