Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको इजरायलको रिपोर्ट
मङ्गलवार, कार्तिक ४, २०८२
काठमाडौँ, ४ कात्तिकः विपिन जोशीको टाउकोमा गोली लागेर मृत्यु भएको इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । इजरायल र हामासबिच युद्धबिराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो ।
यसैगरी, आज महाकाली नदी किनारमा विपिनको अन्त्येष्टि गरिँदै छ । विपिनको अन्त्येष्टि अघि भीमदत्त नगरपालिकाबाट शवयात्रा सुरु भएको छ । शवयात्रा केही बेर अघि सुरु भएको हो ।