Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
आन्तरिक राजस्व कार्यालय भद्रपुरले उठायो तीन महिनामा ७५ करोड राजस्व
मङ्गलवार, कार्तिक ४, २०८२
झापा, ४ कात्तिकः आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२ /०८३ को पहिलो तीन महिनामा ७५ करोड २७ लाख ४४ हजार राजस्व संकलन गरेको छ । संकलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १६ दशमलव ९० प्रतिशत हो ।
अन्तरिक राजस्व कार्यालयको चालु आवमा ४ अर्ब ४५ करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिनुभयो । उहॉले भन्नुभयो, 'चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८७ करोड १० लाख २८ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८६ दशमलव ४२ प्रतिशत राजस्व संकलन भयो ।'
आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको तीन महिनामा आयकरबाट २७ करोड २६ लाख ७५ हजार, मूल्य अभिवृद्धि करबापत ३१ करोड ९ लाख २४ हजार अन्तःशुल्कबापत १८ करोड ६९ लाख ५२ हजार रुपायाँ राजस्व संकलन गरेको छ ।
गत आव २०८१/०८२ को पहिलो त्रैमासमा ६९ करोड २८ लाख ५७ हजार रुपयाँ राजस्व संकलन भएको प्रमुख कर अधिकृत थापाले जानकारी दिनुभयो।
कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न अहिलेको उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै करदातालाई अत्यधिक दबाब नहुने गरी निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै लाभग्राही केन्द्रित व्यावहारिक कर शिक्षा प्रदान गरिने प्रमुख कर अधिकृत थापाले बताउनुभयो ।