काठमाडौं, ४ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीबारे आज सात राजनीतिक दलका नेतासँग छलफल गर्दै हुनुहुन्छ।
कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात दलका २-२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको उहॉको सचिवालयले जनाएको छ।
छलफल आज (मंगलबार) दिउँसो ४ बजेका लागि छलफल तय भएको छ। आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनतयारीबारे प्रधानमन्त्रीले विभिन्न दलका नेतासँग अलग–अलग वार्ता तथा छलफल गर्दै आए पनि यसपटक भने उहॉले संयुक्तरुपमादलका प्रतिनिधिसँग छलफल गर्न लाग्नुभएको हो।
प्रधानमन्त्रीले कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपासहितका दलका नेतासँग निर्वाचन तयारीको विषयमा छलफल गर्नलाग्नुभएको हो।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हटेर अहिले कार्की नेतृत्वको सरकार गठनभएको हो।
कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने म्यान्डेट पाएको छ। निर्वाचनबारे दलसँगछलफल नगरेको भन्दै नेताहरूले सरकारको आलोचना गरिरहेको बेला उहॉंले दलका नेतासँगको छलफल तय गर्नुभएको हो ।
छलफलका लागि सबै दललाई पत्र पठाइएको र फोन गरेरसमेत जानकारी गराइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।सञ्चारमन्त्री जगदिश खरेलले सातै दलका नेतालाई खबर गरेको जानकारी प्रधानमन्त्री कार्कीलाई गराउनुभएको छ ।



