Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोडमा कुटपिटबाट एक युवकको मृत्यु
बिहिवार, कार्तिक ६, २०८२
झापा, ६ कार्तिक : बिर्तामोड नगरपालिका–५ मा भएको कुटपिट घटनामा एक व्यक्तिको ज्यान गएको छ। हिजो साँझ भएको झगडामा स्थानीय ३० वर्षीय जगन राजबंशीमाथि कुटपिट हुँदा गम्भीर रूपमा घाइते भएका थिए।
घाइते अवस्थामा रहेका राजबंशीलाई आफन्तहरूले तत्काल उद्धार गरी बिएण्डसी अस्पताल, बिर्तामोड पुर्याएका थिए। तर उपचारको क्रममा चिकित्सकहरूले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेका छन्।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको छ र पक्राउ गर्न व्यापक खोजतलास जारी रहेको छ। घटनाको विस्तृत अनुसन्धानका लागि प्रहरी टोली खटाइएको छ। मृतकको शव पोस्टमार्टम तथा कानुनी प्रकृयाका लागि अस्पतालमै राखिएको छ।