Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
करेन्ट लागेर ५५ वर्षीय महिलाको ज्यान गयो
शुक्रवार, कार्तिक ७, २०८२
झापा, ७ मंसिर : झापाको बिर्तामोड नगरपालिका–१० फेसबुक चोक नजिकै करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
५५ वर्षीया तालामाई मर्डी आफ्नै घरमा बिजुलीको समस्या आएपछि तार जाँच गर्न खेततर्फ गएकी थिइन्। तार छोएपछि करेन्ट लागेर उनी घटनास्थलमै घोप्टो अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। घटना आज दिउँसो करिब १२:१५ बजे भएको हो।
घटनास्थलबाट जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा टोली खटिएको थियो। कानुनी प्रक्रिया पूरा गर्दै मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।