Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
दमकमा सर्पले डसेर बालकको मृत्यु
शनिवार, कार्तिक ८, २०८२
दमक, ८ कात्तिक: झापामा एक वालकको विषालु सर्पले डसेर ज्यान गएको छ । झापाको शिबसताक्षी नगरपालिका –७ लालपानी बस्ने मनकुमार तामाङका छोरा ५ वर्षीय छोरा सक्षम तामाङलाई शुक्रबार अपरान्ह बिषालु सर्पले डसेको थियो ।
घरनजिकैको बाँस झ्याङनजिक खेलिरहेको अवस्थामा उनको दायाँ खुट्टामा विषालु गोमन सर्पले टोकेपछि उपचारका लागि बिर्ता सिटी अस्पताल आफन्तले लगेका थिए । बेहोस् अवस्थामा वालकलाई अस्पताल लगिएको थियो । आसपास खोजतलास गर्ने क्रममा गोमन सर्प फेला परेको जनाइएको छ ।
बिर्ता सिटी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाली सेनाको सर्पदंश उपचार केन्द्र चारआली लैजाने क्रममा शुक्रबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।