Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
विश्वकप लिग-२ : पहिलो खेलमा आज अमेरिकासँग भिड्दै नेपाल
आइतवार, कार्तिक ९, २०८२
काठमाडौं, ९ कात्तिकः आईसीसी विश्वकप लिग-२ अन्तर्गत संयुक्त अरब एमिरेन्ट्स (यूएई) सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज (आइतबार) नेपाल र अमेरिका भिड्दै छन्।
यूएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।नेपाल रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ। अमेरिकाको कमानी मोनांक पटेलले सम्हाल्नेछन्।
सिरिजको दोस्रो खेलमा नेपालले यूएईविरुद्ध खेल्नेछ। शनिबार पुनः अमेरिकासँग र आगामी बुधबार यूएईसँग खेल्ने तालिका छ।
आईसीसी विश्वकप लिग-२ मा १६ खेल खेलेको नेपाली टोली ५ खेलमा जित र ९ खेलमा हार र २ खेलमा अंक बाँड्दै १२ अंकमा तालिकाको सातौँ स्थानमा छ।
समान खेलबाट ३ खेलमा जित र १३ खेलमा हार भोग्दै ६ अंक बनाएको युएई अंक तालिकाको पुछारमा छ।
लिगको २० खेलमा १४ खेलमा जित, ६ खेलमा हार भोगेको अमेरिका २८ अंकमा दोस्रो स्थानमा छ।