Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
चार मन्त्री थप थपिँदै, आजै शपथ
आइतवार, कार्तिक ९, २०८२
काठमाडौं, ९ कात्तिक: प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ।
सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ। उहॉहरुको आजै शपथ ग्रहणको तयारी छ। नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता हुनुहुन्छ।
गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ। उहॉहरु चारै जनाको नाम प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको बताइएको छ।
उहॉहरुको आजै शपथ ग्रहण हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ। राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ। आज मन्त्रिपरिषद् विस्तार हुने।