Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
‘वरिष्ठ बलराम’ को ‘न्याउली बनैमा’ करोड क्लबमा
आइतवार, कार्तिक ९, २०८२
काठमाडौं, ९ कात्तिकः सिनेमा हलमा प्रदर्शनरत फिल्म 'वरिष्ठ बलराम' मा समावेश 'न्याउली बनैमा' गीत करोड क्लबमा प्रवेश गरेको छ। सार्वजनिक भएको एक महिनामै यो गीतले युट्युबमा एक करोड भ्युज कटाएको हो।
शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको यो गीत सार्वजनिक भएलगत्तै टिकटकलगायतका सामाजिक सञ्जालमा चर्चामा थियो। यससँगै गीतले युट्युबमा पनि लोभलाग्दो भ्युज प्राप्त गर्दै पछिल्लो समयका फिल्ममध्ये सर्वाधिक सफल गीत बन्न पुगेको छ।
मायाप्रेममा आधारित यस गीतको भिडिओमा एकअर्कालाई मन पराउने जोडीको कथा प्रस्तुत गरिएको छ। भिडिओमा फिल्मका शीर्ष कलाकारहरू अभिनेता विजय बराल र समृद्धि अर्याल फिचर्ड छन्। गीतले हितैको मायालाई मनमा राखेको कुरालाई व्यक्त गर्छ।
यस गीतमा शब्द रचना र संगीत प्रशान्त शिवाकोटीकै छ। भिडिओको कोरियोग्राफी प्रदीप लामाले गरेका हुन्।
भाइटीकाको दिनदेखि प्रदर्शनमा आएको फिल्म 'वरिष्ठ बलराम' लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरूङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारहरूको अभिनय रहेको छ।