Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
आज सुनको मुल्य तोलामा २ हजार ९ सय घट्यो
मङ्गलवार, कार्तिक ११, २०८२
काठमाडौं, ११ कात्तिकः मंगलबार पनि सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ९ सय रुपैयाँ मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन २ लाख ३९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २९८० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज २९२० मा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेसँगै नेपाली बजारमा पनि घट्दै गएको छ । तिहारपछि सुनको भाउ प्रतितोला १६ हजार ५ सय रुपैयाँ घटिसकेको छ । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । त्यस्तै सोही दिन चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको थियो ।