काठमाडौँ, १२ कात्तिकः सोलुखुम्बुको लोबुचेमा बुधबार बिहान हेलिकोप्टर दुर्घटनामा परेको छ।
अल्टिच्युट एयरको हेलिकोप्टर हेलिप्याडमा अवतरण गर्नेक्रममा चिप्लिएर दुर्घटनामा परेको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापाले जानकारी दिनुभयो।
हेलिकोप्टर दुर्घटनाबाट मानवीय क्षति भने भएको छैन। हेलिकोप्टरमा क्याप्टेन विवेक खड्का मात्र हुनुहुन्थ्यो। हेलिकोप्टरमा भने क्षति पुगेको छ।
सहायक प्रजिअ थापाकाअनुसार लोबुचेमा रहेका पर्यटकको उद्धारका लागि लुक्काबाट ८:१५मा हेलिकोप्टर उडेको थियो।