Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
बिहिवार, कार्तिक १३, २०८२
काठमाडौं, १३ कात्तिकः आइसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईको खेल आज बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ ।
लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मंगलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएको थियो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको सहज जित निकालेको थियो ।
अमेरिकासँगको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपाललाई घरेलु टोली युएईलाई पराजित गर्न आज थप मिहिनेत गर्नुपर्ने देखिन्छ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।
नेपालले युएईपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ ।