Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
वार्ता र संवादबाट समस्या समाधान गर्नुपर्ने : मुख्यमन्त्री कार्की
शुक्रवार, कार्तिक १४, २०८२
विराटनगर, १४ कात्तिकः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबीच देखिएको समस्या वार्ता र संवादबाट टुङ्ग्याउन आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री कार्कीले आज प्रेस विज्ञप्ति जारी गर्दै उद्योगहरुमा विद्युत् लाइन काटिँदा उत्पादन र रोजगारीमा असर परेकाले वार्ता र संवादमार्फत विद्युत् कटौतीसम्बन्धी समस्या यथासक्य छिटो समाधान गर्न अनुरोध गर्नुभएको हो ।
यसैगरी उहाँले आर्थिक क्षेत्रमा देखिएका समस्याहरू क्रमशः समाधान हुँदै गइरहेको अवस्थामा गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मुलुकको निजी उद्योग व्यवसाय, सुपरमार्केट, सञ्चार क्षेत्रमा आगजनी तथा तोडफोड भएसँगै लगानीको वातावरण बिग्रिएकाले सुरक्षाव्यवस्था सुनिश्चित गर्न र विद्युत् कटौतीसम्बन्धी समस्या समाधान गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभएको छ ।