शनिवार, साउन ९, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

बिर्तामोडमा सुर्तिजन्य पदार्थ विक्री वितरण गर्न नपाउने

आइतवार, असार १०, २०८०

झापा । बिर्तामोड नगरपालिकाले सुर्तिजन्य पदार्थ चुरोट,खैनी, गुट्का आदीको विक्री वितरण गर्न नपाउने नीति लिएको छ ।
आगामी आर्थिक वर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आज नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोड नगर क्षेत्रभित्र सुर्तिजन्य पदार्थ विक्री वितरणमा पुर्णरुपमा रोक लगाईने नीति लिएको बताउनु भयो ।

नीति तथा कार्यक्रममा नगर अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा संचालन गरिनुका साथै डायलाइसिस सेवा सुचारु गरिने, नगर भित्रका अति बिपन्न परिवारलाई छनौट गरी निशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिईने, सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न नगरमा स्थायी बसोबास भएका विद्यार्थीलाई पहिलो प्राथमिकता कम्तीमा ८० प्रतिशत सिट सुरक्षित हुने गरी भर्ना गराउने नीति लिइएको उल्लेख गरिएको छ ।
कार्यक्रममा कन्काई विर्ता अर्जुन नवीकरणीय उर्जा कम्पनीलाई ३ वटा नगरपालिकाको स्वामित्वमा लिई नगरपालिकाहरुको आपसी सहमतीबाट फोहोरमैलाकोे व्यवस्थापन गरिने, श्रोतमा नै फोहोरको वर्गिकरण गर्ने कार्यलाई अभियानको रुपमा लैजाने र कुहिने फोहोरबाट पुर्णरुपमा बायोग्याँस, जैविक मल तथा नकुहिने फोहोरबाट पेर्वस उत्पादन कार्य गरिने उल्लेख गरिएको छ ।

यस्तै अस्पताल, कारखाना र औद्योगिक फोहोर सम्बन्धीत उद्योगहरुले नै व्यवस्थापन गर्ने, नगर क्षेत्र भित्रका खोला र पैनीको जमिनको साँध सिमाना नक्सांकन गर्ने र नगर क्षेत्रको ऐलानी जमिनको नापजाँच गरी क्षेत्रफल एकिन गरिने उल्लेख गरिएको छ । नगरपालिकालाई प्रदुषणमुक्त पूर्ण सरसफाइयुक्त हरित नगर निर्माण गर्नका लागि सार्वजनिक खाली ठाउँमा वृक्षारोपण गरिने र हरेक घरधनीले आफ्नो घर अगाडि २ वटा बिरुवाहरु रोप्न प्रोत्साहित गरिने नीति अवलम्वन गरिने पनि नगर प्रमुख प्रसाईले प्रस्तुत गर्नु भयो ।

वहाल करको दायरा फराकिलो पार्दै आवासिय प्रयोजनको लागि लागेका घर कोठाहरुको वहाल कर संकलन गर्न सम्बन्धित टोल विकास संस्था परिचालनको नीति अवलम्वन गरिने, नक्सापासको दायरामा नआएका घरलाई टोल बिकास समिति मार्फत दर्तामा ल्याउन अभियान संचालन गरिने, धेरै कर तिर्ने र नियमित कर तिर्ने करदाताहरुलाई पुरस्कृत गरिन,े उज्यालो नगरको अवधारणालाई पूर्णतया कार्यान्वय गरिने, विद्युत जडान गर्न बाँकी रहेका घर परिवारमा विद्युत जडान गरिने, एक घर, एक धारा अभियानलाई विस्तार गरी नगरवासीलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराइने, मापदण्ड विपरित र नक्सा पास नगराई बनाइएका संरचनाहरु नगरको सडक तथा ढल बनाउँदा क्षति हुन गएमा घरधनीले नै व्यहोर्नु पर्ने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै डोमालाल राजवंशी स्मृति रंगशालाको स्तरोउन्नतिका लागि डिपिआर तयार गरी संघ तथा प्रदेश सरकारसँग आवश्यक बजेट माग गरी निर्माण कार्य प्रारम्भ गरिने, बिर्तामोड ८ मा रहेको दुर्गा देवी गुठीको जग्गामा क्रिकेट खेल मैदान निर्माण गर्न सम्भाब्यता अध्ययन गरिने, राष्ट्रियस्तरको डिभिजन टिममा छनौट भई खेल्ने अवसर प्राप्त फुटबल, क्रिकेट, भलिबल तथा अन्य खेलका टिमलाई अनुदान दिइने लगायतका महत्वपुर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।


आजको सभामा लिखत प्रमाणीकरण सम्बन्धी विद्ययेक २०८०, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७८लाई संसोधन गर्न बनेको विद्येयक २०८०, न्यायिक समितिको कार्यविधि सम्बन्धी ऐन २०७४ लाईसंसोधन गर्न बनेको विद्येयक २० र वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०८० पेश गरीएको छ । विद्ययेक समिति संयोजक शर्मिला राजवंशीले उक्त विद्ययेक पेश गर्नु भएको हो । दोश्रो नगरसभाको तेश्रो नगर अधिवेसन अन्तर्गतको दोश्रो बैठक असार १३ गते दिउँसो २ बजे बस्ने नगर प्रमुख प्रसाईले जानकारी दिनु भयो ।

 

सम्बन्धित खबर