Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
पार्टी एकताबारे निर्णय लिन माओवादीको सचिवालय बैठक आज बस्दै
शनिवार, कार्तिक १५, २०८२
काठमाडौँ, १५ कात्तिकः नेकपा (माओवादी केन्द्र) ले पार्टी एकता लगायतका महत्त्वपूर्ण विषयमा निर्णय लिनका लागि महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ।
बैठक आज (शनिबार) दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ।
नेकपा एकीकृत समाजवादीले हालै आफ्नो केन्द्रीय कमिटी बैठकबाट माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरिसकेको पृष्ठभूमिमा आजको बैठकमा एकताको मोडालिटी, पार्टीको संरचना, पदाधिकारी व्यवस्थापन लगायतका विषयमा छलफल हुने नेताहरूले बताउनुभएको छ ।
नेपाल समाजवादी पार्टी (नेसपा) लगायतका अन्य वामपन्थी दलहरूसँगको मोर्चाबन्दी र पार्टी एकताका विषयमा पनि बैठकमा महत्त्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।
देशको वर्तमान राजनीतिक र वैचारिक अवस्थाबारे समीक्षा गर्दै आगामी कार्यदिशा र संगठन विस्तारका विषयमा बैठकमा छलफल हुने बताइएको छ।