Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
आन्ध्र प्रदेशको मन्दिरमा भएको भागदौड़मा नौ जनाको मृत्यु
शनिवार, कार्तिक १५, २०८२
मुम्बई, १५ कात्तिक: दक्षिणी भारतको आन्ध्र प्रदेशको कासिबुग्गाको वेंकटेश्वर मन्दिरमा शनिबार भागदौड मच्चिदा कम्तीमा नौ जनाको मृत्यु भएको आन्ध्र प्रदेशका गभर्नरले बताउनु भएको छ । उहाँले मन्दिरमा भक्तहरूको भीडभाडको बीचमा भगदौड हुदाँ नौ जना तीर्थयात्रीको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भाग दौडमा आफ्ना प्रियजनहरू गुमाउनेहरू“ प्रति समवेदना व्यक्त गर्दैै “घाइतेहरू सिग्र स्वास्थ्यलाभको लागि प्रार्थना गरेको बताउनु भएको छ ।
यस अघि सेप्टेम्बरमा, तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता–राजनीतिज्ञ विजयको चुनावी र्यालीमा भागदौड भएपछि कम्तीमा ३६ जनाको मृत्यु भएको थियो । यसै गरी जुन कहिनामा, ओडिसा राज्यमा भागदौड हुदाँ कम्तिमा तीन जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।
अघिल्लो महिना, गोवामा धार्मिक अनुष्ठानका लागि भला भएका हजारौ भत्तहरुको बिचमा भागदौड मच्चिदा छ जनाको मृत्यु भएको थियो भने जनवरीमा, उत्तरी सहर प्रयागराजको हिन्दू मेगा पर्व कुम्भ मेलामा कम्तीमा ३० जनाको मृत्यु भएको थियो ।