Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
वडाअध्यक्ष प्रसाईद्वारा कार्यसम्पन्न भएका योजनाहरुको अनुगमन
बिहिवार, असार १४, २०८०
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ५का वडाअध्यक्ष रोहित प्रसाईले वडाभित्रका विभिन्न योजनाहरुको अनुगमन गर्नु भएको छ ।
वडाअध्यक्ष प्रसाईले कार्य सम्पन्न भएका नाली, कल्भर्ट तथा पेर्वस लगाइएका सडकहरुको आज (बिहीबार) अनुगमन गर्नु भएको हो । अनुगमनमा नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिना पनि हुनुहुन्थ्यो ।
अनुगमन गरीएका योजनाहरुमा धर्मकाँटा रोड नम्बर १ र फुलबारी मार्ग रोड नम्बर ३मा निर्माण भएका २ वटा कल्भर्ट रहेका छन् । यसमा प्रदेश सरकार र उपभोक्ताको लगानि छ । यस्तै नगरपालिका र उपभोक्ताको लगानिमा निर्माण गरिएको धर्मकाँटा रोड नम्बर ३को १ सय १५ मिटर नाला, धर्मकाँटा रोड नम्बर ६मा निर्माण गरिएको १ सय मिटर नाला र फुलबारी मार्गमा लगाइएको ३ सय २६ मिटर पेर्वस रहेको छ ।
वडा नम्बर ५मा यस वर्ष सञ्चालित सबै योजनाहरु सम्पन्न भइसकेको वडाअध्यक्ष प्रसाईले जानकारी दिनु भयो । यस वडामा चालुआर्थिक वर्षमा ८ वटा नगरस्तरीय योजनाहरु रहेका थिए ।