Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
‘कांग्रेस सुधार अभियान’ मा लागेका युवाले सानेपामा लगाए ताला
आइतवार, कार्तिक १६, २०८२
काठमाडौं, १६ कात्तिकः नियमित महाधिवेशनको माग गर्दै नेपाली कांग्रेसका युवाहरूले ‘कांग्रेस सुधार अभियान (अन्डर फोर्टिन)’ सञ्चालन गरेका छन्।
अभियानमा संलग्न युवाहरूले आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेका थिए। उनीहरूले पार्टी कार्यालयको सुरक्षा घेरा तोड्दै गेटमा तालाबन्दी गरेका छन्।
युवाहरूले नियमित महाधिवेशन गर्नुपर्ने, पार्टीभित्र युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने लगायतका मागसहित नाराबाजी गरेका छन्।
यसअघि जेन–जेड आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगजनी भएको घटनापछि कांग्रेसले कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारेको थियो।