Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
अफगानिस्तानमा शक्तिशाली भूकम्प: कम्तीमा १२ जनाको मृत्यु
सोमवार, कार्तिक १७, २०८२
अफगानिस्तान, १७ कात्तिकः उत्तरी अफगानिस्तानको सबैभन्दा ठूला सहरमध्ये एक मजार–ए–शरीफनजिकै गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । सयौँ मानिस घाइते भएका देशको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
स्थानीय समयानुसार सोमबार बिहान सबेरै गएको यो भूकम्पको केन्द्रविन्दु मजार–ए–शरीफ सहरनजिकै २८ किलोमिटरको गहिराइमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । मजार–ए–शरीफ बाल्ख प्रान्तको राजधानी र उत्तरी अफगानिस्तानको सबैभन्दा बढी जनसंख्या भएको सहरमध्ये एक हो ।
अफगानिस्तानमा हालैका वर्षमा भूकम्पमा परी सयौँ मानिसको मृत्यु भएको छ । यूएसजीएसका मोडेलले यो भूकम्पको कम्पनबाट सयौँको मृत्यु हुन सक्ने अनुमान गरेका छन् । भूकम्पबाट मजार–ए–शरीफको निलो मस्जिद (ब्लु मस्क)मा पनि देखिने गरी क्षति पुगेको छ । यो मस्जिद अफगानिस्तानको वास्तुकलाको खजाना र प्रमुख तीर्थस्थल हो ।
सीएनएनले ‘जियोलोकेट’ गरेको सामाजिक सञ्जाल फुटेजमा मस्जिदबाहिर जमिनमा भग्नावशेष छरिएको देखिन्छ । यो स्थानलाई इस्लामका चौथो खलीफा र पैगम्बर मोहम्मदका ज्वाइँ हजरत अलीको विश्रामस्थल मानिन्छ ।
यूएसजीएसका अनुसार, यो भूकम्प उत्तरी अफगानिस्तानको सीमा जोडिएका तीन देश – ताजिकिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तानमा पनि महसुस गरिएको थियो ।