Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
मेचीनगरले हटाइएका कर्मचारीलाई पुनः काममा फर्कायो
सोमवार, कार्तिक १७, २०८२
मेचीनगर, १७ कात्तिक : झापाको मेचीनगर नगरपालिकाले स्थायी पदपूर्ति नगरुन्जेलका लागि यसअघि हटाइएका अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरूलाई पुनः काममा फर्काउने निर्णय गरेको छ।
सोमबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले ती कर्मचारीहरूलाई अस्थायी रूपमा पुनः काममा फर्काउने निर्णय गरेको हो।
यसअघि नगरपालिकाले संघीय सरकारको परिपत्रअनुसार ती कर्मचारीहरूको करार सम्झौता रद्द गरी कात्तिक १ गतेदेखि हाजिर नगराउने निर्णय गरेको थियो।
तिहारको मुखमा करिब १३८ जना कर्मचारी हटाइएको विरोधमा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरूले विज्ञप्ति जारी गर्दै निर्णय फिर्ता लिन आग्रह गरेका थिए।
यस्तै, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन मेचीनगर इकाइले पनि वर्षौँदेखि निरन्तर काम गरिरहेका कर्मचारीलाई निकाल्न नमिल्ने भन्दै आन्दोलन सुरु गरेको थियो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीका अनुसार स्थायी पदपूर्ति प्रक्रिया पूरा भएपछि प्रतिस्पर्धामा सफल हुने कर्मचारीहरू स्थायी हुने र असफल हुनेहरू बिस्तारै हट्ने व्यवस्था हुनेछ।
कोशी प्रदेशबाट स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमार्फत प्रक्रिया अघि बढाउने परिपत्र आएपछि आवश्यकताअनुसार कर्मचारी व्यवस्थापन गर्ने सहमति एसोसिएसनसँग समेत भएको अधिकारीले जानकारी दिनुभयो ।