Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
‘धागो’ को ट्रेलर सार्वजनिक
मङ्गलवार, कार्तिक १८, २०८२
काठमाडौँ, १८ कात्तिक । चलचित्र ‘धागो’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले चलचित्रको मूल भावलाई प्रस्ट्याइएको छ । जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्या र सामाजिक दुरवस्थाको सङ्घर्षको मार्मिक चित्रण गरिएको छ । ट्रेलरमा मुख्य गरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्या र त्यससँग जुध्न गरिएको सङ्घर्ष देखाइएको छ ।
उदीप राणाथापाद्वारा निर्देशित चलचित्र नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेर बुनिएको छ ।
चलचित्रमा अभिनेतृ सुरक्षा पन्तको प्रमुख भूमिका रहेको छ । उहाँसँगै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनील थापालगायतका कलाकारको अभिनय रहेको छ । अभिनेतृ वर्षा राउत विशेष केमियो भूमिकामा देखिनुभएको छ । चलचित्रको निर्माण फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्सन हाउसले गरेको हो । निर्माण टिममा उमा थापा, उत्तम थापा र उदीप थापा रहनुभएको छ । चलचित्रको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम घोघले गर्नुभएको हो । चलचित्र कात्तिक २८ गते नेपाल र भारतका हलमा एकसाथ प्रदर्शन हुँदै छ ।