Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
जन्मदिनको अवसरमा प्रहरी कार्यालय पुनर्निर्माणमा सहयोग
मङ्गलवार, कार्तिक १८, २०८२
झापा, १८ कात्तिक : झापाको बिर्तामोड नगरपालिका–५ निवासी सुसित ढकालले आफ्नो जन्मदिनको अवसरमा प्रहरी कार्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ।
ईलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको पुनर्निर्माणका लागि ढकालले रु. ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको हो।
ढकालले ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय श्रेष्ठ, पुनर्निर्माण कार्यका नेतृत्वकर्ता पदम श्रेष्ठ र रमेश चौधरीलाई कार्यालयमै पुगेर नगद हस्तान्तरण गर्नुभएको हो।
आफ्नो जन्मदिनलाई सामाजिक योगदानसँग जोड्दै सार्वजनिक संस्था पुनर्निर्माणमा सहयोग गर्न पाउँदा खुशी लागेको ढकालले बताउनुभयो।
प्रहरी कार्यालय पुनर्निर्माणका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको नेतृत्वकर्ता पदम श्रेष्ठले जानकारी दिनुभयो ।