Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
माओवादीसहित नौ दलबीच पार्टी एकता घोषणा आज
बुधवार, कार्तिक १९, २०८२
काठमाडौं, १९ कात्तिकः नेकपा (माओवादी केन्द्र)सहित ९ वटा पार्टीहरुबीच आज वाम एकता घोषणा हुँदैछ । अहिले बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा हुन लागेको हो ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपालबीच एकता हुन लागेको हो ।
एकता घोषणापछि नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी रहेको छ । एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी रहने दलहरुबीच सहमति भएको छ भने चुनाव चिह्न पाँच कुने तारा रहने छ । कार्यक्रममा एकीकृत पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहसंयोजक रहनुहुने छ ।