Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
शान्ति र न्यायको मार्गमा अग्रसर हुनुपर्नेमा नेता रिजालको जोड
बुधवार, कार्तिक १९, २०८२
काठमाडौँ, १९ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले विश्व व्यवस्था कायम गर्न युद्ध र एकाधिकारको अन्त्य तथा शान्ति र न्यायको मार्गमा सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।
चाइनिज एकेडेमी अफ सोसियल साइन्सेसले मङ्गलबार बेइजिङमा आयोजना गरेको समाजवादी फोरमको १५ औँ विश्व सम्मेलनमा उहाँले विश्व राजनीतिमा देखिएको प्रभुत्वको प्रतिरोध तथा एकाधिकारविरुद्ध सहभागिताको मार्ग पहिल्याउन आवश्यक भएको बताउनुभयो ।
विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक रहेका बेलासमयको परिवर्तनलाई पहिचान गर्दै नेपालमा जननेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’लाई एमालेले अँगालेको जानकारी नेता रिजालले दिनुभयो । साथै उहाँले चिनियाँ विशेषतासहितको समाजवादी यात्राको सराहना गर्नुभयो ।