शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोड नगरपालिका : लघु उद्यमीहरुलाई प्रविधि सहयोग

सोमवार, असार १८, २०८०

झापा । बिर्तामोड नगरपालिकाले लघु उद्यमीहरुलाई प्रविधि सहयोग गरेको छ । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले विभिन्न वडाका उद्यमीहरुलाई आज प्रविधि हस्तान्तरण गरेको हो ।

नगरपालिकाको हलमा आयोजित एक कार्यक्रमका विच लुगा सिलाउने मेशिन १० थान, इन्टरलग मेशिन ४ थान, ब्याग सिलाउने मेशिन १ थान, तौल मापन गर्ने मेशिन १ थान, अचार बनाउनका लागि ग्यास चुलो १ थान, बाख्रा पालनका लागि तारजाली १८ थान वितरण गरिएको हो । यस्तै धुप पेपर कटिंग मेशिन १ थान, पोते उन्नका लागि ग्लु गन २० थान, व्युटी पार्लरको लागि आइरन ६ थान, ड्रायर ६ थान वितरण गरिएको कार्यक्रम संयोजक चनिमाया तामाङले जानकारी दिनु भयो ।
व्याग सिलाउने मेशिन वडा नम्बर ९ को पारिजात उद्यमी समुहलाई प्रदान गरिएको हो । उक्त सामाग्रीहरु नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ३का वडाअध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ६ का वडाअध्यक्ष सूर्य कन्दङ्वा र वडा नम्बर १० का वडाअध्यक्ष दुर्योधन गुरुङले संयुक्तरुपमा हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले आफ्नो सिप र क्षमतालाई सदुपयोग गर्दै अघि बढ्नु पर्ने बताउनु भयो । राज्यको सम्पति दुरुपयोग गर्न नहुने भन्दै उहाँले नगरले प्रदान गरेका सामाग्रीहरुको सहि सदुपयोग गर्न आग्रह गर्नु भयो । सिपलाई श्रम र श्रमलाई बजारसंग जोड्नु पर्ने बताउँदै नगर प्रमुख प्रसाईले वैदेशिक रोजगारीमा जानु भन्दा यहि मेहनत गर्न सके जिवनस्तर उकास्न सकिने धारणा राख्नु भयो । उहाँले आर्थिक उपार्जनका लागि उत्पादनमा जोड दिन सहभागीहरुलाई आग्रह गर्नु भयो ।  

यस्तै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले गरिवी निवारणका लागि गरिएको यो सहयोग ठिकसंग उपयोग गर्नु पर्ने बताउनु भयो । प्रविधिसंग जोडेर काम गर्नु पर्ने बताउँदै उहाँले आज वितरण गरीएको प्रविधि उपयोग भए नभएको बारे नगरले अनुगमन गर्ने बताउनु भयो । अनुगमनका क्रममा सामाग्री उपयोग नभएको पाइए फिर्ता ल्याएर अन्यलाई वितरण गर्ने जनाइएको छ ।

कार्यक्रममा लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले प्रदान गरेको तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरीएको छ । व्युटीपार्लर तालिममा सहभागी ६ जना, सिलाई कटाई तालिममा सहभागी १३ जना र एसी,फ्रीज मर्मत तालिममा सहभागी १ जनालाई प्रमाण पत्र प्रदान गरिएको हो ।

नगरपालिकाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्युटीपार्लर, सिलाई कटाई , फुल बनाउने, धुपकाँटी बनाउने, मुढा बनाउने, ढाका बुनाई, पोते बनाउने, अचार बनाउने लगायतका महत्वपुर्ण तालिमहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित खबर