बिहिवार, साउन २८, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.

2026 yılında piyasaya çıkacak olan bettilt yeni kampanyalarla geliyor.

एकीकृत समाजवादीसँगको यात्रा टुङ्गियो: रामकुमारी झाँक्री

बुधवार, कार्तिक १९, २०८२

काठमाडौं, १९ कात्तिक : नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफू र आफ्नो समूहको नेकपा (एकीकृत समाजवादी) सँगको यात्रा औपचारिक रूपमा टुङ्गिएको घोषणा गर्नुभएको छ ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले माओवादी केन्द्रसँगको पार्टी एकताको निर्णयसँगै एकीकृत समाजवादी अब अस्तित्वमै नरहेको स्पष्ट पार्नुभयो । उहाँले आफूहरू जानी नजानी एकीकृत समाजवादीमा लागेको भन्दै माधव नेपालले त्यसकालाई माओवादीमा मिसाएर डम्पिङ साइड बनाउन लागेको बताउनुभयो । ‘प्रारम्भका दिनहरूमा भयानक अभियान चल्ने विश्वासले हामी लागेका थियौँ, त्यो अभियान एक हिसाबले समाप्त भएको छ, हाम्रो अध्याय टुङ्गिएको छ, पार्टी विघटन भएको छ ।’

आफूहरूले नेकपा एमाले छाडेपछि गठन भएको एकीकृत समाजवादी पार्टीमा कहिल्यै पनि लोकतन्त्रको अभ्यास नभएको उहाँले बताउनुभयो । झाँक्रीले अहिले आफूहरूको राजनीतिक बाटो ‘पज’ अर्थात् अवरुद्ध अवस्थामा पुगेको बताउनुभयो ।

उहाँले नेकपा (एकीकृत समाजवादी) सँगको अध्याय टुंगिएकोमा आत्मसन्तुष्टि र सहजता महसुस भएको पनि बताउनुभयो । अब नयाँ बिचार र सोचका साथ अघि बढ्ने उहाँले बताउनुभयो । नयाँ भनिएका पार्टी र शक्तिलाई पनि जनताले नस्विकारेका बताउँदै आफूहरू जग भएको विचारधारा बोकेको दलमा जोडिने झाँक्रीले बताउनुभयो । उहाँले अब एमालेमा फर्कने संकेत गर्नुभयाे ।

विभाजनले शक्ति आजर्न होइन ध्वस्त पार्छ भन्ने कुरा आफूहरूले सिकेर आएको उहाँले बताउनुभयो । गन्तव्यलाई दृष्टिगोचर गरेर आफूहरूको यात्रा अघि बढाउने झाँक्रीले बताउनुभयो । ‘विभाजनले किमार्थ शक्ति दिएन, नमिल्नेहरुको एकताले पनि काहीँ शक्ति दिएन, विचार सिद्धान्त, दृष्टिकोण मिल्ने बिचकै एकता गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

उहाँले एकीकृत समाजवादी पार्टीका सबै नेता कार्यकर्तालाई विचार र सिद्धान्त मिल्ने बिच एकता र समायोजन गरेर अघि बढ्ने जानकारी दिनुभयो । एमालेसँग भएको विभाजनलाई लिएर आफूलाई पार्टी विभाजनको मुख्य पात्र बनाइएको भए पनि त्यो एउटा बिम्ब मात्र भएको उहाँले बताउनुभयो । ‘विभाजनमा म प्रमुख पात्र थिएँ वा थिइनँ, इतिहासले मूल्याङ्कन गर्नेछ’, उहाँले भन्नुभयो ।

उहाँले भदौ २३ र २४ को घटनालाई देशमा लागेको डढेलोको संज्ञा दिनुभयो । यसमा पीडा र पश्चात्ताप बाहेक कुनै पूर्वाग्रह नभएको बताउनुभयो । तर अपराधकर्ममा सहभागीलाई कारबाही नभए देश गृहयुद्धमा फस्ने झाँक्रीले चेतावनी दिनुभयो ।

सम्बन्धित खबर