मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोडमा काटिएका विकास योजना तत्काल कार्यान्वयन गर्न एमालेको माग

बिहिवार, कार्तिक २०, २०८२

बिर्तामोड, २० कात्तिक : नेकपा एमाले बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरपालिकामा परेका विकास योजनाहरु तत्काल कार्यान्वयन गर्न सरकारसंग माग गरेको छ ।

एमाले नगर कमिटीले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै भदौ २३ र २४ गते भएको जेन-जी आन्दोन पछि बनेको शुसिला कार्की नेतृत्वको सरकारले अघिल्लो सरकारले रातो किताबमा समावेश योजना कटौती गरेको भन्दै यसलाई रोक्न माग गरेको हो ।
नगर कमिटी अध्यक्ष सुवास भट्टराईले काटिएका योजनाहरुको विवरण प्रस्तुत गर्नु भयो । उहाँका अनुसार ५० करोड भन्दा बढीका योजनाहरु काटिएका छन् ।

काटिएका योजनाहरुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत बिर्तामोड- रिङरोड निर्माण ४ करोड, बिर्तामोड-गोलधाप-सुन्दरपुर सडक (वडा नम्बर १०) ३ करोड, शहीद नेत्रमार्ग (वडा नम्बर ९) ४ करोड, सैनिकमोड-तेलकानी पोखरी जाने सडक (वडा नम्बर ३ र १०) ३ करोड, जिराइतटोल सडक स्तरोन्नति (वडा नम्बर ५) ३ करोड, झापा-मिनाचोक उखुबारी भुतेनी पूल भवानीमार्ग (वडा नम्बर १०) ३ करोड, झापा क्षेत्र नम्बर २ चक्रपथ स्तरोन्नति (बिर्तामोड खण्ड) ८ करोड गरी २८ करोड रुपैयाँ रहेको छ ।

यस्तै सहरी विकास मन्त्रालय अन्तर्गतका योजनाहरु हर्चना पूल उत्तर खोलामा ७ कि.मी तटवन्ध ३ करोड, सैनिकमोड-तेलकानी पोखरी जाने सडक ३ करोड, डिजाइनर फर्निचर दक्षिण प्रकाश उप्रेतीको घरबाट पूर्व रुद्र बोर्डिङ हुँदै बसपार्क जोड्ने सडक ३ करोड, मोहनमाया माध्यमिक विद्यालय भवन निर्माण ३ करोड,
देउनियाँबाट घैलाडुब्बा जोड्ने सडक (वडा नम्बर ८) ३ करोड, देउनियाँ पूल दक्षिण मसले टोल हुँदै बिर्तामोड ७ जोड्ने सडक निर्माणमा ३ करोड, मण्डामार्ग कालोपत्रेका लागि विनियोजित ३ करोडसहित दर्जनौं योजनाहरु काटिएका छन् ।

एमाले बिर्तामोडले कात्तिक महिनामा परेको बेमौषमी वर्षातका कारण सयौं विगाहामा लगाइएको पाक्न लागेको धानबालीमा धेरै क्षति पुगेकोमा दुःख ब्यक्त गर्दै तीनै तहका सरकारहरुलाई उचित क्षतिपूर्तिको प्रबन्ध गर्न समेत माग गरेको छ ।

यसैवीच अध्यक्ष भट्टराईले जेन-जी आन्दोलका क्रममा भएको सरकारी, नीजि तथा सार्वजनिक सम्पत्तीको क्षतिको विवरण संकलन गरी क्षतिपूर्ती प्रदान गर्न र दोषीलाई तत्काल पक्राउ गरी कार्बाही गर्न माग गर्नुभयो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण शिवाकोटी, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, एमाले केन्द्रिय सदस्य अमृतलाल राजवंशी, बिर्तामोड नगरकमिटी इन्चार्ज अम्बिर लिङ्देन, एमाले नेताहरु छवि विश्वकर्मा, प्रविन पोख्रेल, पवित्रा पाठक लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर