Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोड नगरपालिका : अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण
बिहिवार, असार २१, २०८०
झापा । बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ ।
नगरपालिकामा आज आयोजित एक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले उक्त सामाग्री हस्तान्तरण गर्नु भयो ।
नगरपालिकाले ह्विल चियर २४ थान, स्टिल वाकर ३ थान, कम्वोड चियर ३ थान र एल्वो स्टिक २थान वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले अपाङ्गताहरुको क्षेत्रमा छुट्याएको बजेटबाट सामाग्री खरिद गरि वितरण गरिएको बताउनु भयो । उहांले आगामी दिनमा आवश्यकता पहिचान गरेर थप सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्दै वितरण गरिएका सामाग्रीको सहि सदुपयोग गर्न आग्रह गर्नु भयो ।
सामाग्री वितरण कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष सूर्य कन्दङ्वा, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, कार्यपालिका सदस्य लक्षिमा खतिवडा, शर्मिला राजवंशी, तिला गौतम, निर्मला देवी सुनार, नेत्रहिन संघ झापाका प्रतिनिधि दिपक थापा लगायतको उपस्थिति रहेको थियो ।
सामाजिक विकास समिति संयोजक यमुना आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रमको स्वागत शाखा प्रमुख डिल्ली दाहालले गर्नु भएको थियो । बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको लागि हरेक वर्ष सहायक सामाग्री वितरण गर्दै आएको छ ।