शुक्रवार, भदौ २६, २०८३
Nayapaper | अनलाइन पत्रिका

जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

शनिवार, कार्तिक २२, २०८२

गएराति मर्स्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जीपदुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

जीपचालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो।

जीप अनयन्त्रित भएर सडकबाट ८०० मिटर तल खस्दा गम्भीर घाइते भएपछि प्रहरीले उनीहरूको उद्धार गरेको थियो। ​बेँसीसहर नगरपालिका- ८ स्थित प्रदेश अस्पताल बेँसीसहर लमजुङमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको क्षेत्रीले बताउनुभयो। 

जीपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका ४ का  २० वर्षीय उमेश लिम्बू भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर