Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बुद्धनगरमा देउसीभैलो खेलेर सिसी क्यामरा जडान
शनिवार, कार्तिक २२, २०८२
बिर्तामोड, २२ कात्तिकः बिर्तामोड नगरपालिका ३ स्थित बुद्धनगर टोल विकास संस्थाले देउसीभैलीबाट सङ्कलित रकमले टोल क्षेत्रमा १० वटा सिसी क्यामेरा जडान गर्ने भएको छ।
कार्यक्रमका प्रमुख अतिथि वडा नंम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीले सि.सि. क्यामेरा जडानको पहलले अपराध नियन्त्रण र समुदायमा शान्ति–सुरक्षा सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
टोल विकास संस्थाका अध्यक्ष सलबहादुर गुरुङले बुद्धनगर टोललाई सुरक्षित, स्वच्छ र अनुशासित बनाउन सबै टोलवासीको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै आगामी दिनमा थप आधुनिक सुविधाहरू थप्दै लैजाने योजना रहेको जानकारी दिनुभयो।
सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष बुढाथोकी रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गुरुङले गर्नुभयो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव हिमाल मैनालीले गर्नुभएको थियो।
सि.सि. क्यामेरा जडान भएपछि टोलमा हुने आवागमन, सुरक्षासम्बन्धी गतिविधि तथा शान्ति–सुरक्षाको अवस्था अझ सुदृढ हुने विश्वास गरिएको सचिव मैनालीले बताउनुभयो।
कार्यक्रममा स्थानीय बासिन्दा तथा टोलका अगुवाहरूको उल्लेखनीय उपस्थिति र उत्साहजनक सहभागिता रहेको थियो।