बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोड ७ को वडा कार्यालय भवन उद्घाटन

आइतवार, असार २४, २०८०

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ७ को प्रशासनिक भवन उद्घाटन गरिएको छ ।
आज (आइतबार) एक औपचारिक कार्यक्रमका विच वडा नम्बर ७ स्थित पाथिभरा टोलमा नव निर्मित भवनको कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सांसद एकराज कार्की र बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले रिवन काटेर उद्घाटन गर्नु भयो ।

यस अघि वडा नम्बर ७ को कार्यालय गरामनीमा संयुक्तरुपमा वडा नम्बर ८ र ९ संगै एउटै भवनमा सन्चालन हुंदै आएको थियो ।


स्थानियहरुले वडा कार्यालयको लागि १५ कट्ठा १० धुर जग्गा उपलव्ध गराएपछि नगरपालिकाले उक्त क्षेत्रमा २८ लाख रुपैयांको लागतमा ४ कोठे पक्की भवन निर्माण गरेको हो ।
वडा कार्यालयको लागि जग्गा दिने दाताहरुमा प्रदिप खरेल, श्रीप्रसाद उप्रेती, भिम प्रसाद उप्रेती, तुलसीराम कडरिया, कृष्णप्रसाद भट्टराई, प्रदिप खनाल, चुडामणि बराल, डिकुरामदेवी रिजाल, काशी रिजाल, निलम पकुवाल लगायत रहनु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्कीले यस वडामा हात्तीको समस्या रहेकोले समस्या समाधानका लागि सवै तहका सरकार लाग्नु पर्ने बताउनु भयो । पुर्वपट्टीको क्षेत्रमा ‘फेन्सिङ’ जडान गरिएपनि पश्चिम क्षेत्रमा यसको व्यवस्थापनमा जुट्नु पर्ने बताउनु भयो ।बिर्तामोडको वडा नम्बर ६,७ र ८ हात्ती प्रभावित क्षेत्र पर्दछ ।

कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले वडा कार्यालय सहजरुपमा सन्चालनका लागि भवन प्रयाप्त नभएपनि आगामी दिनमा यसलाई थप व्यवस्थित गर्दै लैजाने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै वडाअध्यक्ष अविरल कृष्ण खरेलले नयां भवनबाट वडाका सबै प्रशासनिक कार्य सुरु भएको जानकारी दिनुभयो । उहांले वडा नम्बर ७ मा चुनावको समयमा मत माग्दा जनतासमक्ष गरेका प्रतिवद्दता पुरा गर्दै जाने विश्वास समेत व्यक्त गर्नु भयो ।

भवन उद्घाटन कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी ईन्चार्ज देवराज कार्की, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेल, राप्रपा जिल्ला कमिटी सदस्य नविन भट्टराई,नेकपा माओबादी केन्द्र वडा कमिटी अध्यक्ष वुद्दिमान मुखिया बादललगायत विभिन्न संघ संस्था तथा पार्टीका प्रतिनिधि र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर