Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै
मङ्गलवार, कार्तिक २५, २०८२
काठमाडौँ, २५ कात्तिक : नेकपा एमालेको जनपरिचालन कार्यक्रमअन्तर्गत आज ७५३ वटै पालिकामा जनप्रर्दशन गर्दै छ । ‘प्रतिगामी षड्यान्त्र’विरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रर्दशनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो ।
पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार २२ गते देशका सबै ६ हजार ७४३ वटै वडामा वडा भेला सम्पन्न भइसकेका छन् । उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम, संसद्को गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोका विषयमा कार्यकतालाई प्रष्ट पारिएको छ ।
आजको कार्यक्रममा कतिपय पालिकाहरूले मोटरसाइकल र्यालीमार्फत एमालेले शक्ति प्रदर्शन गर्न लागेका छन् । कतिपय पालिकाका केन्द्रमा नाराजुलुससहितका कार्यक्रम राखिएको छ ।
आजको कार्यक्रममा जनतालाई जगाउने नाराहरू पार्टी केन्द्रले तय गरेको छ । प्रर्दशनलाई भव्य बनाउन हरेक सहभागीले एमालेको झण्डासहित जनप्रदर्शनमा सहभागी हुने, जनप्रर्दशन घना बस्ती भएको ठाउँमा गर्ने, जनप्रर्दशनको अन्त्यमा छोटो कोणसभा गर्ने र कोणसभामा वर्तमान राजनीतिक अवस्थाका बारेमा स्पष्ट पार्न नेताहरूलाई एमालेले निर्देशन गरेको छ ।
जनप्रर्दशनका तस्बिर, भिडियो र मुख्य विषयवस्तु हरेक सदस्यले सामाजिक सञ्जालमा राख्न र सञ्चार माध्यमहरूमा पठाउन पनि एमालेले यसअघि नै निर्देशन गरेको छ ।