Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
मलेसिया–थाइल्यान्ड समुद्री सीमामा डुङ्गा दुर्घटनामा १२ जनाको मृत्यु
मङ्गलवार, कार्तिक २५, २०८२
कोलालम्पुर, २५ कात्तिक: मलेसिया–थाइल्यान्ड समुद्री सीमामा कागजातविहीन आप्रवासी बोकेको डुङ्गा गत हप्ता डुब्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको तथा १३ जनालाई उद्धार गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
सोमबार केदाह राज्यमा एक बच्चा, दुई पुरुष र दुई महिलासहित पाँच जनाको शव फेला परेको केदाह र पर्लिस राज्यका लागि मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी (एमएमइए) का निर्देशक रोमली मुस्तफाले विज्ञप्ति मार्फत बताउनु भएको छ ।
खराब मौसमका कारण स्थगित गरिएको खोजी कार्य मङ्गलबार देखि पुनः सुरु गरिएको उहाँले बताउनु भयो ।
यस वर्ष मात्रै केदाह राज्यको प्रमुख पर्यटकीय गन्तव्य लाङ्गकावी वरपर ४३६ आप्रवासीहरू प्रक्राउ भएको जनाउदै उनीहरू यहाँ बस्नका लागि नभई देशका अन्य भागमा जानका लागि आएको बताउनु भएको छ ।
यसैबीच, एमएमइएले सन् २०२० देखि सोही क्षेत्र हुँदै देशमा प्रवेश गर्न खोज्ने करिव एक हजार ३३३ अवैध आप्रवासीलाई रोकिकेको बताएको छ । सोही अवधिमा २४ जना क्याप्टेन र चालक दलका सदस्यहरूलाईसमेत नियन्त्रणमा लिइ हिरासतमा लिइएको जनाइएको छ ।