शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

दर्शकले रुचाउन थाले नेपाली चलचित्र

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौँ, २५ कात्तिकः गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ ।

नेपाली कला र संस्कृतिसँगै सामाजिक कथा समावेश गरेर तयार गरिएका प्रदर्शनरत चलचित्रहरूले दर्शकको साथ पाउँदा घरेलु बजारमा राम्रो व्यापार गरेका छन् । चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस २ सिनेपाः’ को तथ्याङ्क सार्वजनिक गरिएको छ, जहाँ नेपाली चलचित्र हेर्ने दर्शक बढिरहेको पाइन्छ ।

गएको शनिबार अर्थात् कात्तिक २२ गतेसम्मको सार्वजनिक तथ्याङ्कअनुसार सगरमाथाको विषयमा निर्माण गरिएको चलचित्र ‘जेरी अन टप’ ले सबैभन्दा बढी कमाई गरेको छ । उक्त चलचित्रलाई तीन लाख ७५ हजार ८१ दर्शकले हेर्दा रु ११ करोड ७१ लाख ४१ हजार ४९८ कमाई (ग्रस कलेक्सन) गरेको छ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको विषयमा विदेशमा धेरै चलचित्र बने तापनि नेपालमा कमै बनेका छन् । उक्त चलचित्रमा सगरमाथा आरोहण र त्यस क्रमको प्रेमकथालाई देखाइएको छ । नेपालमा सुन्दर दृश्यलाई कैद गरिएको उक्त चलचित्रले पर्यटनमा समेत टेवा पु¥याउने विश्वास निर्माता सरोज न्यौपानेको छ ।

“हामीले सगरमाथाको कथा र सुन्दरतालाई चलचित्रमा प्रस्तुत गरेका छौँ, हाम्रो प्रयासलाई दर्शकले साथ दिनुभएपछि अन्य चलचित्रकर्मीलाई पनि हौसला प्राप्त भएको छ, नयाँ विषय र गुणस्तरीय चलचित्र बन्यो भने दर्शकले रुचाउनु हुन्छ भन्ने पुनः प्रमाणित भएको छ, नेपालको सुन्दरता चलचित्रको माध्यमले प्रचारप्रसार गर्नु हामी चलचित्रकर्मीको पनि दायित्व हो”, निर्माता न्यौपानेले भन्नुभयो ।

उक्त चलचित्रमा अनमोल केसी, भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गर्नुभएको छ । गत असोज ३१ गतेदेखि प्रदर्शनरत उत्क चलचित्रलाई सुयोग गुरुङले निर्देशन गर्नुभएको छ ।

यस्तै भाइटीकाका अवसर पारेर गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’ ले सोही अवधि (शनिबार बेलुकी) सम्म रु दुई करोड ५६ लाख ५७ हजार ९२९ कमाएको छ । उक्त चलचित्रलाई ८५ हजार ३५६ दर्शकले हेरेका छन् । दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल लगायतका कलाकारले अभिनय गर्नुभएको उक्त चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको छ ।

यस्तै कात्तिक ६ मै प्रदर्शन भएको चलचित्र ‘सोल्टिनी’ले भने अपेक्षाभन्दा निकै कमजोर कमाई गरेको छ । उक्त चलचित्रलाई आठ हजार ९४५ दर्शकले हेर्दा रु २९ लाख पाँच हजार ९५६ मात्र कमाई गरेको छ ।

प्रकाश सपूत, परीक्षा लिम्बू लगायतका कलाकारले अभिनय गर्नुभएको उक्त चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गर्नुभएको छ । निर्देशक सुवेदीले यसअघि निर्देशन गर्नुभएको ‘रङ्गेली’ पनि घरेलु बजारमा असफल भएको थियो ।

‘तक्मे बुढा’ को उपनामले परिचित अभिनेता विल्सनविक्रम राईले निर्देशन गर्नुभएको ‘मैझारो’ ले पनि घरेलु बजारमा सफलता प्राप्त गर्न सकेन । अभिनेता राईको पहिलो निर्देशकीय चलचित्र नै असफल भयो । अभिनेता धिरज मगर, मिरुना मगर, दयाहाङ राई लगायतका कलाकारले अभिनय गर्नुभएको उक्त चलचित्रले रु एक करोड चार लाख २९ हजार २८८ कमाएको छ । ३५ हजार १७६ दर्शकले मात्र उक्त चलचित्रलाई हेरेका थिए ।

यस्तै कात्तिक १४ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘परान’ ले दर्शकको राम्रो साथ पाएको छ । नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज अभिनेताले अभिनय गर्नुभएको उक्त चलचित्रमा बुबाछोराको कथालाई देखाइएको छ । दीपकप्रसाद आचार्यले निर्देशन गर्नुभएको उक्त चलचित्र दर्शकबाट प्राप्त प्रतिक्रिया कै कारण घरेलु बजारमा राम्रो कमाई गरिरहेको छ ।

उक्त चलचित्रले तीन करोड ७१ लाख ३६ हजार ५५३ कमाई गरेको छ । उक्त चलचित्रलाई एक लाख २८ हजार ६७९ जनाले हेरेका छन् । सुरुआती व्यापार कमजोर भए तापनि चलचित्रले सकारात्मक प्रतिक्रिया पाउँदा दर्शकको चाप चलचित्र भवनमा बढेको निर्देशक आचार्यले बताउनुभयो । “हाम्रो चलचित्रलाई दर्शकले आफैँले हेर्नुस् भनेर सिफारिस गरेको पाएका छौँ, बुबाछोराको कथालाई धेरै दर्शकले आफ्नो कथा रहेको प्रतिक्रिया दिनुभएको छ, मैले मेरो परिवारको कथालाई चलचित्रमा ढालेर तयार गरेको हुँ, यो कथा अहिले प्रायः घर समाजसँग जोडिन्छ भन्नेमा विश्वस्त थिएँ, अहिले दर्शकको मायाँ दिनप्रतिदिन बढ्दो छ”, निर्देशक आचार्यले भन्नुभयो ।

उक्त चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गर्नुभएको छ । यस्तै कात्तिक २१ मा प्रदर्शन भएका दुई चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’ र ‘मन विनाको धन’ लाई दर्शकले प्रारम्भिक रुपमा साथ दिएका छन् । यद्यपि, यी दुईको व्यावसायिक रिपोर्ट अझै सार्वजनिक भइसकेको छैन ।

समग्रमा चाडपर्वलाई लक्षित गर्दै प्रदर्शन भएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति बलियो देखिएको छ । विदेशीको तुलनामा नेपाली चलचित्रप्रतिको आकर्षण बढेको देखिँदैछ । घरेलु बजारमा नेपाली चलचित्रले गरिरहेको कमाईले समग्र चलचित्र क्षेत्रलाई नै सकारात्मक सन्देश प्रवाह गरेको वितरक करण श्रेष्ठले बताउनुभयो ।

“गएको शनिबारकै रिपोर्ट हेर्ने हो भने चलचित्र भवनमा रहेका सबै नेपाली चलचित्रमा दर्शकको उपस्थिति देखिएको छ, यसले दर्शकले नेपाली चलचित्र हेर्ने चाहेको स्पष्ट सन्देश दिएको छ, हाम्रो चाडपर्वमा अब विदेशी चलचित्र नभई स्वदेशी चलचित्र नै कमाईका हिसाबले अगाडि आउछन्, यो तथ्य स्थापित हुँदैछ, किनकि विगतका केही वर्षमा विदेशी चलचित्रका कारण स्वदेशी चलचित्रले प्रदर्शनमा कठिनाइ भोगेको हामीले सुनेका थियौँ, तर यसपटक नेपाली चलचित्रकै वर्चस्व देखिएको छ”, वितरक श्रेष्ठले भन्नुभयो ।

उहाँले दर्शकको विश्वास जित्ने चलचित्र आगामी दिनमा पनि तयार गर्न निर्माता तथा निर्देशकलाई आग्रह गर्नुभयो । अघिल्लो वर्ष ‘पूर्णबहादुरको सारङ्गी’ ले ऐतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रमा दर्शकको आकर्षण बढेको पाइन्छ । दसैँ, तिहार, शिवरात्रि, नयाँवर्ष जस्ता बिदाको समयमा नेपाली चलचित्रको व्यापार उच्च हुने गरेको तथ्याङ्क बक्सअफिसमा देखिएको छ ।

सम्बन्धित खबर