Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडमा गोलीसहित दुई जना पक्राउ
बुधवार, कार्तिक २६, २०८२
बिर्तामोड, २६ कात्तिक : झापाको बिर्तामोड नगरपालिका–२ रामचोकबाट प्रहरीले गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
बिहीबार दिउँसो करिब १२ बजे लागुऔषध ब्युरो इकाइ काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको अर्को टोलीले संयुक्त रुपमा छापा मार्दा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार गत भदौ २३ र २४ गते ‘जेन–जी आन्दोलन’ का क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका हतियारका गोलीहरू बरामद भएका छन्। पक्राउ परेकामध्ये बाह्रदशी गाउँपालिका–४ चकचकीकी २७ वर्षीया इस्रप खातुन बिर्तामोड–२ रामचोकमा डेरा गरी बस्दै आएकी थिइन्।
उनको कोठाबाट प्रहरीले SLR का ३८ राउण्ड, INSAS का १६ राउण्ड गोली, साथै काँसको थाल १ थान, करुवा १ थान , पित्तलको गिलास १ थान र प्रहरीको बुट १ जोडी बरामद गरेको जनाएको छ।
त्यसैगरी, उक्त लुटपाटमा संलग्न भएको आरोपमा बिर्तामोड–२ का २२ वर्षीय विकास टुडुलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुवै जना पक्राउ परेका व्यक्तिलाई बरामद सामाग्रीसहित इलाका प्रहरी कार्यालय अनारमनीमा लगिएको र थप अनुसन्धान कार्य जारी रहेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।